

काठमाडौँ । सरकारले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । ललितपुरस्थित उनको निवासबाट प्रहरीले बुधबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित थियो । उनीविरुद्ध वैयक्तिक गोपनियतासम्बन्धी ऐन, २०७५ विपरितको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गर्न सरकारले निकै पहिले देखि तयारी गरेको थियो ।
कान्तिपुरबाट अनलाइनबाट

