

ओ सरकार! अरू सके ख्याँस, नसके नख्याँस,
कम्तीमा आठ घण्टा लाइन बस्दा त दे यार, आधा सिलिन्डर ग्यास !
उधारो हैन, हाताहाती हो, अनलाइन भने अनलाइन, क्यास भने क्यास !
ओ सरकार! अरू सके ख्याँस, नसके नख्याँस,
बरु ब्ल्याकमै भए नि मूल्य तिर्छु भन्दा त दे यार, आधा सिलिन्डर ग्यास,
अरूले के गरे अरूकै कुरा, तँ ध्यान गर वा न्यास,
ओ सरकार ! अरू सके ख्याँस, नसके नख्याँस,
संसदमै रुवाबासी भइसक्यो, अरूलाई नसके नि घण्टी हल्लाउनेलाई त दे यार आधा सिलिन्डर ग्यास !

