

मानिसको जीवन पानी र मूलत नदीसँग जोडिएको छ । पानी पिउन सहज जिउन नदी चाहिन्छ । मानव सभ्यताको सुरुआत नदी किनारमा भयो । यहाँ विश्वका १० सबैभन्दा लामा नदीहरू र तीनको चर्चा गरिएको छ ।
१. नाइल नदी (Nile River) अफ्रिका महादेशमा अवस्थित नाइल नदी विश्वकै सबैभन्दा लामो नदी हो। यसको कुल लम्बाइ लगभग ६६,५०,००० मिटर (६,६५० किमी) छ। यो नदी रुवान्डा र बुरुन्डीका हिमाली भेगबाट सुरु भई उत्तर अफ्रिकाका ११ वटा देशहरू हुँदै बगेर अन्ततः भूमध्य सागर (Mediterranean Sea) मा मिसिन्छ।
२. अमेजन नदी (Amazon River) दक्षिण अमेरिकामा बग्ने अमेजन नदी लम्बाइको हिसाबले दोस्रो तर पानीको बहाव र आयतनको हिसाबले विश्वकै सबैभन्दा ठूलो नदी हो। यसको लम्बाइ करिब ६४,००,००० मिटर (६,४०० किमी) छ। यो पेरुको एन्डिज पर्वत शृङ्खलाबाट उत्पत्ति भई ब्राजिल हुँदै आन्ध्र महासागर (Atlantic Ocean) मा गएर अन्त्य हुन्छ।
३. याङ्त्से नदी (Yangtze River) चीनमा बहने याङ्त्से नदी एसिया महादेशको सबैभन्दा लामो र एउटै देशभित्र मात्र बग्ने संसारकै सबैभन्दा लामो नदी हो। यसको लम्बाइ ६३,००,००० मिटर (६,३०० किमी) छ। यो नदी तिब्बतको पठार (चीन) बाट उत्पत्ति भई पूर्वी चीन सागर (East China Sea) मा गएर टुङ्गिन्छ।
४. मिसिसिपी-मिसौरी नदी (Mississippi-Missouri River) उत्तर अमेरिका महादेशको यो सबैभन्दा लामो नदी प्रणाली हो। यसको कुल लम्बाइ ६२,७५,००० मिटर (६,२७५ किमी) रहेको छ। यो संयुक्त राज्य अमेरिकाको मिनेसोटा र मोन्टाना राज्यका क्षेत्रहरूबाट उत्पत्ति भई देशको मध्य भाग हुँदै मेक्सिकोको खाडी (Gulf of Mexico) मा गएर विसर्जन हुन्छ।
५. येनिसेई नदी (Yenisey River) येनिसेई नदी एसिया र रुस (साइबेरिया) क्षेत्रको एक प्रमुख जलप्रणाली हो। यसको कुल लम्बाइ ५५,३९,००० मिटर (५,५३९ किमी) छ। यो नदी मङ्गोलियाबाट उत्पत्ति भई रुसको मङ्गोलियन सीमा हुँदै उत्तरतिर बगेर कारा सागर / सुमेरु महासागर (Kara Sea / Arctic Ocean) मा अन्त्य हुन्छ।
६. ह्वाङ हो / पहेँलो नदी (Yellow River) चीनको दोस्रो र संसारको छैटौँ सबैभन्दा लामो नदी ह्वाङ हो हो। यसलाई “पहेँलो नदी” पनि भनिन्छ। यसको लम्बाइ लगभग ५४,६४,००० मिटर (५,४६४ किमी) छ। यो चीनको छिङ्हाई प्रान्तको बायान हर पर्वतबाट उत्पत्ति भई बोहाई सागर (Bohai Sea) मा गएर मिसिन्छ।
७. ओब-इर्तिश नदी (Ob-Irtysh River) ओब-इर्तिश नदी प्रणाली एसियाली रुस (साइबेरिया) को विशाल नदी हो। यसको कुल लम्बाइ ५४,१०,००० मिटर (५,४१० किमी) रहेको छ। यो नदी अल्ताई पर्वत शृङ्खला (रुस, मङ्गोलिया र चीनको सीमा क्षेत्र) बाट उत्पत्ति भई रुस हुँदै ओबको खाडी / सुमेरु महासागर (Gulf of Ob / Arctic Ocean) मा गएर सेलाउँछ।
८. रियो दे ला प्लाटा / पराना नदी (Paraná River) दक्षिण अमेरिका महादेशमा अमेजन पछिको दोस्रो ठूलो नदी पराना नदी हो। यसको लम्बाइ करिब ४८,८०,००० मिटर (४,८८० किमी) छ। यो ब्राजिलको दक्षिण-मध्य क्षेत्रबाट उत्पत्ति भई पाराग्वा र अर्जेन्टिना हुँदै आन्ध्र महासागर (Atlantic Ocean) मा गएर अन्त्य हुन्छ।
९. कङ्गो नदी (Congo River) अफ्रिका महादेशको दोस्रो लामो र विश्वकै सबैभन्दा गहिरो नदी कङ्गो हो। यसको लम्बाइ ४७,००,००० मिटर (४,७०० किमी) छ। यो प्रजातान्त्रिक गणतन्त्र कङ्गो र जाम्बियाको सीमावर्ती उच्च भूमिबाट सुरु भई अफ्रिकाको विषुवतीय जंगल हुँदै आन्ध्र महासागर (Atlantic Ocean) मा गएर खस्छ।
१०. अमुर नदी (Amur River) अमुर नदी रुस र चीनको सुदूर पूर्वी भूभाग बीचको प्राकृतिक सीमा बनाउने महत्त्वपूर्ण नदी हो। यसको कुल लम्बाइ ४४,४४,००० मिटर (४,४४४ किमी) छ। यो रुस, चीन र मङ्गोलियाको सीमावर्ती क्षेत्रबाट उत्पत्ति भई ओखोत्स्क सागर (Sea of Okhotsk) मा गएर अन्त्य हुन्छ।

