प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब मासिक ५ हजारले बढ्यो

शिक्षकले आन्दोलनमा जाने चेतावनी दिएपछि सरकारले प्रारम्भिक विद्यालय कर्मचारी र प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी) शिक्षकको पारिश्रमिक बढाउने निर्णय गरेको छ।

३ भदौै काठमाडौं । शिक्षकले आन्दोलनमा जाने चेतावनी दिएपछि सरकारले प्रारम्भिक विद्यालय कर्मचारी र प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी) शिक्षकको पारिश्रमिक बढाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको पारिश्रमिक बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालय कर्मचारी र ईसीडी शिक्षकको पारिश्रमिक मासिक पाँच हजार बढेको जानकारी दिए । यस्तै मन्त्रिपरिषद्ले माध्यमिक र निम्न माध्यमिक तहमा संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको समेत पारिश्रमिक बढाउने निर्णय गरेको छ ।

माध्यमिक तह कक्षा ९ र १० निमावि ६ देखि ८ मा पढाउने शिक्षकको पारिश्रमिक क्रमश: माध्यमिक र निम्न माध्यमिक तह तृतीय श्रेणी बराबर बनाउने निर्णय गरिएको छ । आजकै निर्णयबाट राज्यको वार्षिक दायित्वमा थप ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रूपैयाँ बराबरको भार थपिने देखिएको छ।

प्रतिक्रिया