रसुवा बाढीमा सिन्धुपाल्चोकका थुप्रै मानिस सम्पर्कविहीन: खोजी र उद्धारका लागि आफन्तको आग्रह

बाढीमा परेर सिन्धुपाल्चोकका दर्जौँ नागरिकहरू सम्पर्कविहीन भएका छन्। व्यापारिक सामान लिन नाकासम्म गाडी लिएर पुगेका चालकहरू, रसुवागढी तथा चिलिमे हाइड्रोपावरमा कार्यरत कर्मचारीहरू र गोसाइँकुण्ड दर्शनका लागि हिँडेका आन्तरिक पर्यटकहरूसँग सम्पर्क विच्छेद भएपछि परिवार र आफन्तजनमा चिन्ता छाएको छ।

१०, भदौ सिन्धुपाल्चोक, रसुवाको टिमुरे र भन्सार नाका क्षेत्रमा बुधबार बिहान तिब्बतबाट आएको भीषण लेदो बाढीका कारण अकल्पनिय क्षती भएको छ । बाढीमा परेर सिन्धुपाल्चोकका दर्जौँ नागरिकहरू सम्पर्कविहीन भएका छन्। व्यापारिक सामान लिन नाकासम्म गाडी लिएर पुगेका चालकहरू, रसुवागढी तथा चिलिमे हाइड्रोपावरमा कार्यरत कर्मचारीहरू र गोसाइँकुण्ड दर्शनका लागि हिँडेका आन्तरिक पर्यटकहरूसँग सम्पर्क विच्छेद भएपछि परिवार र आफन्तजनमा चिन्ता छाएको छ।

बाढीका कारण रसुवा हाइड्रोपावरमा कार्यरत सिन्धुपाल्चोकका अधिकांश व्यक्तिको अवस्था अज्ञात रहेको छ। प्रभावित क्षेत्र वा त्यस वरपर हुनुहुने जोकसैलाई आफ्ना मानिसको खोजतलास र जानकारी गराइदिन आफन्तहरूले सार्वजनिक रूपमा अपिल गरेका छन्।

सम्पर्कविहीन भएका केही व्यक्तिहरू र आफन्तको अपिल

प्रतिक्रिया