रसुवा बाढी: बलेफीका ३५, जुगलका १५ जना बेपत्ता

प्राप्त पछिल्लो विवरण अनुसार बलेफी गाउँपालिकाका कुल ३७ जना र जुगल गाउँपालिकाका १५ जना सम्पर्कविहीन रहेका छन्।

१० भदौ सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीमा परी रोजगारी तथा व्यवसायका क्रममा त्यहाँ पुगेका सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका नागरिकहरू ठूलो संख्यामा बेपत्ता भएका छन्। प्राप्त पछिल्लो विवरण अनुसार बलेफी गाउँपालिकाका कुल ३६ जना र जुगल गाउँपालिकाका १५ जना सम्पर्कविहीन रहेका छन्।

बाढीमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी र स्थानीयवासीलाई सर्वत्र अपिल गरिएको छ।

बेपत्ता व्यक्तिहरूको अद्यावधिक नामावली

बलेफी गाउँपालिका (जम्मा: ३५ जना)

जुगल गाउँपालिका (जम्मा: १५ जना)

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। यदि यी व्यक्तिहरू कसैको सम्पर्कमा आएमा वा उहाँहरूको बारेमा कुनै जानकारी प्राप्त भएमा यथाशीघ्र नजिकैको प्रहरी कार्यालय वा पीडित परिवारजनलाई खबर गरिदिन अनुरोध गरिएको छ।

प्रतिक्रिया