

११ भदौ, सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेललाई मातृशोक परेको छ। मन्त्री पौडेलकी आमा गंगा देवी पौडेलको आज बिहान ११ बजे ८० वर्षको उमेरमा निधन भएको हो।
आमा गंगा देवीको आज बिहान सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ८ स्थित आफ्नै निवासमा भएको पारिवारिक स्रोतले जनाएको छ। आमाको निधन हुँदा रसुवा वाढी प्रभावितहरुकाे उद्दार तथा राहतमा खटिएका मन्त्री पौडेल बल्ल काठमाडौं आइपुगेका छन् । उनी बाह्रविसे पुगेपछि दिवङ्गत गंगा देवीको आजै बाह्रबिसेमा अन्तिम संस्कार गरिने उहाँको सचिवालयले जानकारी दिएको छ । दिवङ्गत पौडेलका मन्त्री सहयात्री पौडेलसहित सीताराम पौडेल र राजेन्द्र पौडेल गरी तीन छोरा हुनुहुन्छ। उहाँका अर्का छोरा शम्भु पौडेल भने जनयुद्धका क्रममा शहीद हुनुभएको थियो ।

