

१६ भदौ चौतारा । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारा टुँडिखेल फाल्चामा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ काठमाडौं सिन्धु चौतारा सिटीको आयोजना तथा ब्लड डोनर्स एसोसिएसन नेपाल, ब्लोदान सिन्धुपाल्चोकको सहकार्यमा आयोजित कार्यक्रममा ११ जना महिला र २७ जना पुरुष सहभागी भएका थिए । कार्यक्रममा नियमित रक्तदाता कमलचरण कक्षपती, नातिबाबु धिताल, सुरेश कसजू र कमल श्रेष्ठलाई धेरै पटक रक्तदान गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले रक्तदानलाई सामाजिक सेवाको महत्वपूर्ण माध्यम भएको बताएका थिए ।

