श्रद्धाञ्जली सभामा सहभागी हुन नेकपा संयोजक प्रचण्ड र सहसंयोजक नेपालसहितका नेताहरु सिन्धुपाल्चोकमा

सभामा नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधव कुमार नेपाल, केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरू अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल लगायत केन्द्रीय नेताहरु माधव सापकोटा, युवराज दुलाल बागमती प्रदेश, जिल्ला तथा पालिका तहका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

२३ भदौ, सिन्धुपाल्चोक । नेपाली कम्युनिष्ट पार्टी बाह्रबिसे नगर कमिटीद्वारा आयोजित श्रद्धाञ्जली सभामा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू सिन्धुपाल्चोक पुगेका छन्।

जिल्ला सल्लाहकार दिवंगत गंगादेवी पौडेल तथा गत २०८३ भाद्र १० गते रसुवा नाकामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा बाह्रबिसे नगरपालिका–८, मानेश्वारामा आयोजित श्रद्धाञ्जली सभामा नेताहरू उपस्थित भएका हुन्। सभामा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल, केन्द्रीय कार्यसंयोजन समितिका सदस्यहरू अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल लगायत केन्द्रीय नेताहरु माधव सापकोटा, युवराज दुलाल बागमती प्रदेश, जिल्ला तथा पालिका तहका नेता-कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा शीर्ष नेताहरूले दिवंगत सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा समवेदना व्यक्त गरेका थिए । दिवंगत गंगादेवी पौडेल बामती प्रदेशका आन्तरिक मामला तथा योजना मन्त्री सरल सहयात्री पौडेलकी आमा हुन् । यही भदौ १० गतेको बाढीमा परेर सिन्धुपाल्चोकका मात्रै २३९ जना बेपत्ता भएका छन भने दर्जनौैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया