चौतारा साँगाचोकगढी र चन्दननाथ नगरपालिकाबीच असल अभ्यासको आदानप्रदान

चौतारा साँगाचोकगढी र चन्दननाथ नगरपालिकाले स्थानीय तहमा गरेका असल अभ्यास एकअर्कासँग आदानप्रदान गरेका छन्।

१२ कार्तिक सिन्धुपाल्चोक, – चौतारा साँगाचोकगढी र चन्दननाथ नगरपालिकाले स्थानीय तहमा गरेका असल अभ्यास एकअर्कासँग आदानप्रदान गरेका छन्। नगरपालिका संघका उपाध्यक्ष एवं चौतारा साँगाचोकगढीका नगरप्रमुख कृष्णप्रसाद सापकोटाको नेतृत्वको प्रतिनिधिमण्डल जुम्लाको चन्दननाथ नगरपालिका पुगी अनुभव आदानप्रदान गरेको हो।

प्रतिनिधिमण्डललाई चन्दननाथका नगरप्रमुख राजु सिंह कठायतले विशेष स्वागत गरेका थिए । कार्यक्रममा चन्दननाथ नगरपालिकाको टोली र चौतारा साँगाचोकगढीको प्रतिनिधिमण्डलबीच दुवै नगरपालिकाका असल अभ्यास, स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण, आन्तरिक पर्यटन विकास, वातावरण संरक्षण र सांस्कृतिक सम्पदाको संरक्षण एवं प्रवर्द्धनलगायतका विषयमा बृहत् छलफल भएको थियो। छलफलका क्रममा दुवै नगरपालिकाले आफ्ना असल अभ्यास, सम्भावना र अनुभव साझा गरेका हुन।

स्थानीय स्रोतसाधनको अधिकतम उपयोग, स्थानीय आर्थिक गतिविधिको विस्तार, पर्यटन प्रवर्द्धन र दिगो विकासका क्षेत्रमा आपसी सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको सापकोटाले जानकारी दिए । दुवै पक्षले स्थानीय तहबीचको यस्तो भेटघाट र सहकार्यले असल अभ्यासको अनुकरण, विकासका नयाँ सम्भावनाको खोजी र नागरिकको जीवनस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया