

१९ कार्तिक, सिन्धुपाल्चोक -नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय नीतिअनुसार आज सिन्धुपाल्चोकमा ‘राष्ट्रिय जागरण अभियान को’ भव्य समारोहकाबिच उद्घाटन गरिएको छ ।
जिल्ला सदरमुकाम चौतारामा आयोजित विशेष कार्यक्रममा पार्टीका वरिष्ठ नेता, पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अभियानको औपचारिक उद्घाटन गर्नुभएको हो। कार्यक्रममा पार्टीका केन्द्रदेखि विभिन्न तहका नेता, कार्यकर्ता तथा जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।
देशभर पार्टी संगठन सुदृढ गर्दै जनताका मुद्दामा केन्द्रित हुन तथा स्थानीय तह निर्वाचन तयारी स्वरुप सञ्चालन गरिएको यस अभियानले स्थानीय स्तरमा राजनीतिक र सामाजिक सचेतना अभिवृद्धि गर्ने नेकपाले जनाएको छ।

