

२७ कार्तिक काठमाडौं – पूर्वप्रधानमन्त्री, नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा संघीय संसद् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रूसी संघको राजधानी मस्को प्रस्थान गरेका छन् । नोभेम्बर १३ देखि १८, २०२६ सम्म हुने औपचारिक भ्रमणका लागि प्रचण्ड बिहान ९:२० बजे काठमाडौं–दुबई उडानमार्फत मस्कोतर्फ उडेका हुन् ।
अखिल रूसी राजनीतिक दल (All-Russian Political Party) को आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा सञ्चालन हुने ‘For the Freedom of Nations’ शीर्षकको विश्व सम्मेलनमा सहभागी हुन उनी रूस प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
भ्रमण टोलीमा संयोजक प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्यसमेत सहभागी छन् । सम्मेलनमा सहभागिता तथा आवश्यक भेटघाट सम्पन्न गरी प्रचण्ड नोभेम्बर १८ को बिहान स्वदेश फर्कने कार्यतालिका रहेको छ।

