

५ मंसिर, सिन्धुपाल्चोक, नेपाली कम्युनिस्ट पार्टीले सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आज पालिकास्तरीय ‘राष्ट्रिय जागरण अभियान’ को औपचारिक उद्घाटन हुँदै छ ।
पार्टीको केन्द्रीय नीतिअनुसार सुरु गरिएको यस अभियानलाई जिल्लाभर विस्तार गर्दै संगठन सुदृढीकरण, जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापना, स्थानीय समस्या पहिचान तथा समाधानका लागि पहल र आगामी स्थानीय तहको निर्वाचनको तयारीसँग जोडिने पार्टीले जनाएको छ। यसअघि जिल्ला सदरमुकाम चौतारामा गत १९ कात्तिकमा आयोजित विशेष समारोहबीच पार्टीका वरिष्ठ नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यता र जिल्ला संयोजक विनोद खनालको अध्यक्षतामा राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन सम्पन्न भएको थियो।
सोही अभियानलाई आजदेखि जिल्लाका सबै १२ वटै स्थानीय तहमा विस्तार गरी मंसिर २५ गतेसम्म ‘एक दिन १ वडा’ का दरले निरन्तर सञ्चालन गर्ने कार्ययोजना तय गरिएको छ। पार्टीकी सिन्धुपाल्चोक जिल्ला इन्चार्ज अमृता नेपालका अनुसार अभियानको मुख्य उद्देश्य संगठन विस्तार तथा सुदृढीकरण गर्नु, सदस्यता नवीकरण तथा नयाँ वितरण गर्नु, वडा सम्मेलन आयोजक समिति गठन तथा वडा अधिवेशनको मिति निर्धारण गर्नु, जनताका पार्टीप्रतिका गुनासा र सुझाव संकलन गर्नु तथा राजनीतिक र वैचारिक प्रशिक्षण सञ्चालन गर्नु रहेको छ।
अभियानले बहुआयामिक महत्व बोकेको छ : अग्नि सापकोटा
पुर्नेव सभामुख एवं वरिष्ठ नेता अग्निप्रसाद सापकोटाले पार्टीद्वारा सञ्चालित अभियान बहुआयामिक महत्वको रहेको बताएका छन् । समग्र वर्तमान राजनीतिक परिस्थितिको यथार्थ जनतालाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको अभियान विशेष गरी आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा अझ बढी सान्दर्भिक र महत्वपूर्ण रहेको उनको भनाइ छ ।
चाडपर्व सकिएलगत्तै देशभरका सबै पालिकाहरूमा एकसाथ जागरण अभियान सुरु गरिएको जानकारी दिँदै नेता सापकोटाले स्थानीय संगठनहरू मजबुत रहेकाले पहल लिँदा स्थानीय निर्वाचनमा राम्रो सम्भावना देखिएको उल्लेख गरे । संगठन विस्तार र जनपरिचालनलाई मुख्य आधार बनाइएको यस अभियानका क्रममा विगतका कामको समीक्षा गर्दै सबल तथा दुर्बल पक्षहरूको पहिचान गरिने र कमीकमजोरीहरूलाई जनतामाझ स्पष्ट राख्दै सच्याउने प्रतिबद्धता व्यक्त गरिने उनले बताए ।
नेता सापकोटाले निर्वाचनको तयारीसँगै आवश्यक परेको खण्डमा आन्दोलनका लागि पनि पार्टी तयार रहेको स्पष्ट पारे । मुलुकको राष्ट्रियता संकटमा पर्दा र जनजीविकाका सवालमा संघर्ष गर्नुपर्ने अवस्था आएमा आन्दोलनमा उत्रिनुको विकल्प नरहेको बताउँदै उनले जनवर्गीय तथा सामाजिक संगठनहरूलाई समेटेर बृहत्तर राष्ट्रिय मोर्चा निर्माणको तयारी भइरहेको जानकारी दिए । उनले जनतामा पूर्ण रूपमा समर्पित भएर काम गर्ने प्रतिबद्धतासहित अभियानमा जोडिन सबैमा अपिल समेत गरे ।
१२ पालिकामा आज हुने उद्घाटनको विस्तृत विवरण
१ इन्द्रावती गाउँपालिका
नवलपुरमा हुने कार्यक्रमको उद्घाटन पूर्वसभामुख एवं पार्टीका वरिष्ठ नेता अग्निप्रसाद सापकोटाले गर्नेछन्। यहाँको कार्यक्रम तयारीमा विशेष जोड दिइएको जिल्ला इन्चार्ज अमृता नेपालले जानकारी दिइन्। कार्यविभाजनअनुसार फइन्द तामाङ र चिरञ्जिवी आचार्यसँगै जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू खटिनेछन्।
२ चौतारा साँगाचोकगढी नगरपालिका
सहिद स्मृति भवन चौतारामा हुने कार्यक्रमको उद्घाटन केन्द्रीय नेता कृष्णप्रसाद सापकोटाले गर्नेछन्। कार्यक्रमको भव्य तयारी गरिएको कार्यालय सचिव नरमान श्रेष्ठले जानकारी दिए। कार्यविभाजनअनुसार सापकोटासँगै झम्क पराजुली, प्रेम सापकोटा, गोविन्द पराजुली, दया लक्ष्मी श्रेष्ठ, नरेन्द्र खड्का, उजार सिँङ तामाङ, जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू परिचालित हुनेछन्।
३ भोटेकोशी गाउँपालिका
पुरानो चाकु बजारमा हुने कार्यक्रमको उद्घाटन पूर्वसांसद समेत रहेका केन्द्रीय नेता माधव सापकोटा ‘सुबोध’ को प्रमुख आतिथ्यतामा हुने पालिका इन्चार्ज पासां शेर्पाले बताए। कार्यविभाजनअनुसार सुवोधसँगै जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू रहनेछन्।
४ पाँचपोखरी थाङपाल गाउँपालिका
तिपेनीमा हुने कार्यक्रमको उद्घाटन सिन्धुपाल्चोक क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘सरद’ ले गर्ने कार्यक्रम तय भएको छ। कार्यविभाजनअनुसार दुलालसँगै इन्द्रमाया गुरुङ, उद्दन आलेमगर, जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू खटिनेछन्।
५ लिसं खुपाखर गाउँपालिका
गाउँपालिकाको प्युखर्क सिक्रेमा हुने अभियानको उद्घाटन राष्ट्रिय सभा सदस्य एवं केन्द्रीय नेतृ रेणु चन्दले गर्नेछिन्। कार्यक्रमको भव्य तयारी गरिएको लिसंखुपाखर गाउँपालिकाका पार्टी संयोजक होमलाल श्रेष्ठले जानकारी दिए। कार्यविभाजनअनुसार सिँग बहादुर वि क, पासाङ तामाङ, निमा योन्जन, शम्सेर साक्य, जगत तामाङ, जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू खटिरहनेछन्।
६ बाह्रविसे नगरपालिका
वडा नं ८ मानेश्वारामा केन्द्रीय नेता लालकान्छा तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी अभियान उद्घाटन गरिने नेकपा बाह्रविसेका अध्यक्ष इन्द्रजित तिमल्सिनाले बताए। समारोहमा पूर्वमेयर निमफुन्जो शेर्पा र नेता भीम पराजुलीलगायतको पनि सहभागिता रहनेछ। कार्यविभाजनअनुसार सँगै जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू परिचालित हुनेछन्।
७ त्रिपुरासुन्दरी गाउँपालिका
धुस्कुनको दाबीबाट सुरु हुने अभियानको उद्घाटन क्षेत्र नं १ का पार्टी इन्चार्ज टीएन सापकोटाको प्रमुख आतिथ्यता र प्रदेश सल्लाहकार सदस्य विष्णु कुमार श्रेष्ठको उपस्थितिमा हुने पालिका इन्चार्ज अनन्त प्रकाश श्रेष्ठले जानकारी दिए। कार्यविभाजनअनुसार सापकोटासँगै जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू खटिनेछन्।
८ सुनकोशी गाउँपालिका
ठोकर्पाको बाघ भैरबबाट सुरु हुने कार्यक्रमको उद्घाटन नेता गणेश विकको प्रमुख आतिथ्यतामा हुने पालिका संयोजक मिम बहादुर योन्जनले बताए। कार्यविभाजनअनुसार शिव न्यौपाने, गणेश वि क, कुमार राज खतानी, नरेन्द्र खड्का, जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू रहनेछन्।
९ बलेफी गाउँपालिका
बलेफी कभर्ड हलमा भव्य तयारीका साथ आयोजना हुने कार्यक्रमको उद्घाटन पार्टीकी जिल्ला इन्चार्ज अमृता नेपालले गर्नेछिन्। कार्यविभाजनअनुसार गंगा बहादुर तामाङसँगै जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू परिचालित हुनेछन्।
१० जुगल गाउँपालिका
सहिद स्मृति भवन चनौटेमा हुने कार्यक्रमको उद्घाटन बागमती प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा ‘रवि’ ले गर्ने पालिका संयोजक ईश्वर गुभाजुले जानकारी दिए। कार्यविभाजनअनुसार सापकोटासँगै जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू खटिनेछन्।
११ मेलम्ची नगरपालिका
सहिद प्रतिष्ठान भवन मेलम्चीमा हुने अभियानको उद्घाटन केन्द्रीय सदस्य चन्द्र थापा ‘किशोर’ ले गर्नेछन्। कार्यविभाजनअनुसार थापा, नानिराम चौलागाई, रामलाल विक, जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू रहनेछन्।
१२ हेलम्बु गाउँपालिका
पालिकाको चुरेटारमा हुने कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य सोम सापकोटाले गर्ने कार्यक्रम रहेको छ। कार्यविभाजनअनुसार हेलम्बुमा भरत थापासँगै जिल्ला कार्यालयका सदस्य, सम्बन्धित पालिकाका प्रदेश सदस्य, जिल्ला समितिका सदस्य तथा जनवर्गीय संगठनका पदाधिकारीहरू परिचालित हुनेछन्।

