सिन्धुका १२ स्थानीय तहमा एकैदिन जागरण अभियान सुरु, कुन पालिकामा कसले र कस्तो सुरुआत, फोटो फिचर

नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तह (पालिका) मा एकैदिन अभियान सुरु भएको छ । कात्तिक १९ गते चौतारामा जिल्लास्तरीय अभियान सुरु गरिएकामा आज १२ वटै पालिकामा एकसाथ उद्घाटन गरिएको हो ।

५ मंसिर, सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तह (पालिका) मा एकैदिन अभियान सुरु भएको छ । कात्तिक १९ गते चौतारामा जिल्लास्तरीय अभियान सुरु गरिएकामा आज १२ वटै पालिकामा एकसाथ उद्घाटन गरिएको हो ।

वडा र बस्तीस्तरसम्म अभियान लैजाने तयारीअनुरूप आज एकैदिन सबै पालिकामा भव्यतापूर्वक अभियानको उद्घाटन गरिएको पार्टीकी सिन्धुपाल्चोक इन्चार्ज अमृता नेपाल ‘प्रभा’ले जानकारी दिइन् । बागमती प्रदेश सभा सदस्यसमेत रहेकी नेपालले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको केन्द्रीय नीतिअनुरूप जागरण अभियान जारी राखिएको बताइन् ।

१२ वटै पालिकामा यसरी सुरु भयो अभियान :

१. इन्द्रावती गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत इन्द्रावती गाउँपालिकास्तरीय जागरण अभियानको पूर्वसभामुख एवं पार्टीका वरिष्ठ नेता अग्निप्रसाद सापकोटाले शुभारम्भ गरेका छन् । भव्य जनमानसको उपस्थितिमा आयोजित कार्यक्रममा उनले पार्टीको यो अभियान बहुआयामिक महत्त्वको रहेको बताउँदै सचेततापूर्वक जनताका कुरा सुन्न, आलोचित हुन र वर्तमान राजनीतिक यथार्थबारे जनतालाई जानकारी गराउन अपिल गरे ।

२. चौतारा साँगाचोकगढी नगरपालिका जिल्ला सदरमुकामसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा अभियानको शुभारम्भ नगरप्रमुखसमेत रहेका नेकपाका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ले गरेका छन् । सहिद स्मृति भवन चौतारामा आयोजित कार्यक्रममा केन्द्रीय तथा स्थानीय नेता-कार्यकर्ताको बाक्लो उपस्थिति थियो । यो नेकपा विजयी भएको पालिका हो ।

३. भोटेकोशी गाउँपालिका छिमेकी चीनसँग सीमा जोडिएको भोटेकोशी गाउँपालिकास्तरीय जागरण अभियानको पुरानो चाकु बजारमा आयोजित विशेष कार्यक्रमबीच पूर्वसांसद एवं केन्द्रीय नेता माधव सापकोटा ‘सुबोध’ले उद्घाटन गरेका छन् । पालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेल, पालिका पार्टी अध्यक्ष पासाङ शेर्पालगायतका नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेता सुबोधले स्थानीयस्तरमा जनतालाई जागृत गराउन अनुरोध गर्दै अभियान लिएर गाउँबस्तीमा पुग्न अपिल गरे ।

४. मेलम्ची नगरपालिका चर्चित मेलम्ची नगरपालिकाको सहिद स्मृति भवनमा आयोजित कार्यक्रमबीच सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पार्टीका केन्द्रीय नेता युवराज दुलालले अभियानको सुरुआत गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको मेलम्चीमा आयोजित कार्यक्रममा उनले साँचो कुरा लिएर जनताको घरदैलोमा पुग्न नेता-कार्यकर्तालाई अनुरोध गरे । कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र थापालगायत पार्टीपङ्क्तिको बाक्लो उपस्थिति थियो ।

५. लिसंखुपाखर गाउँपालिका राष्ट्रिय सभामा सरकारविरुद्ध खरो उत्रिएर चर्चा कमाएकी नेतृ रेणु चन्दले लिसंखुपाखरमा आयोजित अभियानको सुरुआत गरेकी छन् । कर्मघर दोलखासँग सीमा जोडिएको लिसंखु पुगेकी चन्दलाई भव्य स्वागत गरिएको थियो । सिक्रेमा पालिका अध्यक्ष राजु लामा, पार्टी इन्चार्ज होमलाल श्रेष्ठलगायतको उपस्थितिमा विशाल जनसमुदायलाई सम्बोधन गर्दै उनले वास्तविकता लिएर जनजनमा जान कार्यकर्तालाई आग्रह गरिन् । नेपाली कम्युनिस्ट पार्टीले मात्रै राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न सक्ने उनको दाबी थियो । लिसंखु नेकपाले अध्यक्ष जितेको पालिका हो ।

६. बलेफी गाउँपालिका ब्रह्मायणी करिडोरको सुरुआत बिन्दु एवं भोटेकोशी र ब्रह्मायणी नदीको सङ्गमस्थल बलेफी बजारमा आयोजित भव्य समारोहबीच पार्टीकी सिन्धुपाल्चोक इन्चार्ज अमृता नेपालले अभियानको उद्घाटन गरेकी छन् । कभर्डहलमा भरिभराउ नेता-कार्यकर्ताबीच उनले पार्टीको केन्द्रीय नीतिलाई गाउँबस्तीसम्म पुऱ्याउन आग्रह गरिन् । बलेफीका अध्यक्ष गङ्गा तामाङलगायतको उपस्थिति रहेको कार्यक्रममा बलेफी-काठमाडौँ सम्पर्क समन्वय मञ्चका नेता-कार्यकर्ताको पनि बाक्लो सहभागिता थियो । यो पालिकामा पनि नेकपाले अध्यक्ष जितेको छ । उद्घाटनका अवसरमा भजन टोलीले नेकपा जनताको प्यारो पार्टी भएको भावका गीत प्रस्तुत गरेका थिए ।

७. पाँचपोखरी थाङपाल गाउँपालिका जिल्लाको चर्चित पर्यटकीय क्षेत्र पाँचपोखरी रहेको यस पालिकामा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य युवराज दुलालले अभियानको शुभारम्भ गरेका छन् । मेलम्चीको कार्यक्रम सकेर दुलाल पाँचपोखरी पुगेका हुन् । तिपेनीमा आयोजित कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको दुलालले बताए ।

८. बाह्रबिसे नगरपालिका बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलको गृहपालिका बाह्रबिसेको जागरण अभियान वडा नं. ८ मानेश्वाँराबाट सुरु गरिएको छ । केन्द्रीय नेता लालकान्छा तामाङको प्रमुख आतिथ्यमा शुभारम्भ भएको अभियानमा नेकपा केन्द्रीय सदस्य भीम पराजुली, बाह्रबिसेका अध्यक्ष इन्द्रजित तिमल्सिनालगायत नेता-कार्यकर्ताको बाक्लो उपस्थिति थियो । पछिल्लो समय बाह्रबिसेमा नेकपाले बलियो पकड जमाउँदै गएको छ ।

९. हेलम्बु गाउँपालिका चर्चित पर्यटकीय क्षेत्र एवं मेलम्ची खानेपानीको मुहान क्षेत्र रहेको हेलम्बु गाउँपालिकाको चुरेटारमा आयोजित जागरण कार्यक्रमको उद्घाटन केन्द्रीय सदस्य सोम सापकोटाले गरेका छन् । कार्यक्रममा नेता भरत थापालगायत नेता-कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

१०. त्रिपुरासुन्दरी गाउँपालिका पिस्कर, त्रिपुरासुन्दरी मन्दिर र चोकटी बस्तीले चर्चा कमाएको यस पालिकाको अभियान नेकपा सिन्धुपाल्चोक क्षेत्र नं. १ का इन्चार्ज टोपनाथ सापकोटा (टिएन) ले शुभारम्भ गरेका छन् । धुस्कुनको दाबीमा आयोजित कार्यक्रममा प्रदेश सल्लाहकार सदस्य विष्णुकुमार श्रेष्ठ, पालिका इन्चार्ज अनन्तप्रकाश श्रेष्ठलगायतको बाक्लो उपस्थिति थियो । अभियानलाई वडा र गाउँबस्तीसम्म पुऱ्याइने इन्चार्ज श्रेष्ठले बताए ।

११. जुगल गाउँपालिका काठमाडौँबाट सबैभन्दा नजिक रहेको जुगल हिमालको काखमा अवस्थित जुगल गाउँपालिकाको जागरण अभियान बागमती प्रदेश सचिवालय सदस्य चन्द्र सापकोटा ‘रवि’ले उद्घाटन गरेका छन् । सहिद स्मृति भवन चनौटेमा नेता-कार्यकर्ताको उत्साहजनक उपस्थितिबीच आयोजित कार्यक्रममा पालिका अध्यक्ष रेशम स्याङ्बो, अग्रज नेता जयबहादुर लामा, पार्टी संयोजक ईश्वर गुमाजु, सहसंयोजक क्रान्ति योञ्जनलगायतको उपस्थिति थियो । नेकपाको आधार इलाका मानिने जुगलमा पालिका अध्यक्ष सोही पार्टीले जितेको छ ।

१२. सुनकोशी गाउँपालिका नेपालको सामुदायिक वनको सुरुआत स्थल ठोकर्पाको बाघभैरवमा आयोजित सुनकोशी गाउँपालिकास्तरीय अभियानको बागमती प्रदेश सचिवालय सदस्य गणेश विकले शुभारम्भ गरेका छन् । पार्टीका पालिका संयोजक मीमबहादुर योञ्जन, शिव न्यौपाने, कुमारराज खतिवडा (खतानी), नरेन्द्र खड्कालगायत स्थानीय नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अभियानलाई गाउँगाउँमा लैजाने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया