

७ मंसिर, काठमाडौँ । भारतले नेपालमा बाढी पिडितको पुनर्स्थापनाका लागि २४ हजार करोड नेपाली रुपैयाँको प्याकेज घोषणा गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घोषणा गरेका हुन् । आज दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालमा भिषण बाढीबाट भएको जनधनको क्षतिका लागि समवेदना प्रकट गरे ।
साथै उनले बाढी पिडितको पुनर्स्थापन र दिर्घकालीन विकासलाई नयाँ मजबुति दिन विकास समन्वय प्याकेजको घोषणा गरेका छन् ।
सो रकम २४ हजार करोड नेपाली रुपैयाँ छ । यसमा कति अनुदान र कति ऋण हो भन्ने उनले खुलाएनन् ।

