सेवा प्रवाहमा बलेफीको फड्को : अब गाउँपालिकाबाटै व्यक्तिगत र व्यावसायिक प्यान जारी हुने

सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यका साथ बलेफी गाउँपालिकाले महत्वपूर्ण फड्को मारेको छ । बलेफी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, धुलिखेलबीच ‘एकीकृत कर प्रणाली’ सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब कर सम्बन्धी मुख्य सेवाहरू स्थानीय तहबाटै उपलब्ध हुने भएका छन् ।

११ मङ्सिर सिन्धुपाल्चोक, सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमैत्री बनाउने उद्देश्यका साथ बलेफी गाउँपालिकाले महत्वपूर्ण फड्को मारेको छ । बलेफी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, धुलिखेलबीच ‘एकीकृत कर प्रणाली’ सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब कर सम्बन्धी मुख्य सेवाहरू स्थानीय तहबाटै उपलब्ध हुने भएका छन् ।

बिहीबार बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङको उपस्थितिमा सम्पन्न एक कार्यक्रमकाबीच आन्तरिक राजस्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत अनमोल कुमार दहाल र बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

के-के सुविधा पाइन्छ ?

यस सम्झौता कार्यान्वयनमा आएसँगै बलेफी गाउँपालिकाका बासिन्दा तथा स्थानीय व्यवसायीहरूले अब सामान्य कर सम्बन्धी कामका लागि जिल्ला बाहिर धुलिखेल वा चौतारा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । गाउँपालिकाका अनुसार अब पालिकाको कार्यालयबाटै तलका सेवाहरू सुचारु हुनेछन्:

नागरिकमैत्री प्रशासनको अपेक्षा

गाउँपालिकाबाटै प्यान नम्बर जारी हुने व्यवस्थाले सेवाग्राहीको समय र खर्च दुवै बचत हुने विश्वास लिइएको छ । यस कदमले सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनुका साथै समग्र कर प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । स्थानीय स्तरमै कर दर्ता प्रक्रिया सहज भएपछि गाउँपालिकाभित्रका साना तथा मझौला व्यवसायहरू करको दायरामा आउन थप प्रोत्साहित हुने देखिएको छ ।

प्रतिक्रिया